स्याङ्जाको भिरकोटमा धकला धकेल: भिरबाटै लडेर मृत्यु
स्याङ्जा | साउन ५, २०७९
स्याङ्जा: स्याङ्जाको भिरकोटमा सामान्य विवादका कारण धकला धकेल हुदा लडेर एक जनाको मृत्यु भएको छ ।
बुधवार राती स्याङ्जाको भिरकोट ३ रिजु वस्ने ५० वर्षीय याम बहादुर रोकाले धकल्दा सोही ठाउँ वस्ने ४५ वर्षिय श्याम बहादुर रोेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
धकेला धकेल हुदा लडी घाइते भएका श्याम बहादुर रोकाको कालीका समुदयीक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न याम बहादुर रोकालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

